Posted on : August 29, 2022 by Clinic One Team on Diseases in Nepal
डेङ्गु ज्वरो लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष विश्वभर लाखौँको सङ्ख्यामा हुने गरेको छ ।
डेङ्गु ज्वरो दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ ।
हलुका डेङ्गु ज्वरोले उच्च ज्वरो र फ्लू जस्ता लक्षणहरू निम्त्याउँछ ।
डेङ्गु ज्वरोको गम्भीर रूप, जसलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मृत्यु पनि निम्त्याउन सक्छ ।
लक्षणहरू सामान्यतया पहिलो संक्रमणको साथ गम्भीर हुदैनन् तर यदि तपाईंलाई डेङ्गु भाइरसका फरक संस्करणबाट अर्को संक्रमण भयो भने, तपाईलाई डेङ्गु ज्वरोबाट हुने गम्भीर जटिलताहरूको जोखिम बढ्छ ।
डेङ्गु ज्वरो कसरी सर्छ ?
डेङ्गु एडिस (Aedes) नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ ।
लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् ।
डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ ।
डेङ्गुको संक्रमण कसरी हुन्छ ?
डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् : एडिस एजिप्टी (Aedes aegypti) वा एडिस अल्बोपिक्टस (Aedes albopictus)।
यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ ।
लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।
डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।
डेङ्गु ज्वरोबाट निको भएपछि, तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन।
यसको मतलब तपाईं भविष्यमा अन्य तीन भाइरस प्रकारहरू मध्ये एकद्वारा फेरी संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ ।
दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैलै हामी डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।
डेङ्गु ज्वरो छ आएको कसरी थाहा पाउन सकिन्छ ?
डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ ।
तपाईंको नसाबाट लिइएको रगतको नमूना लिईन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाईन्छ । रगत परीक्षणबाट तपाई डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ ।
डेङ्गु ज्वरो गर्भावस्थामा लागेमा कस्तो जटिलता हुनसक्छ ?
यदि तपाईं गर्भवती हुनुहुन्छ र डेङ्गु ज्वरो छ भने, यसले गर्भपतन, कम वजन वा समय भन्दा पहिले बच्चा जन्माउन जस्ता समस्या हुन सक्छ ।
तसर्थ, गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।
डेङ्गुका लक्षणहरू के के हुन् ?
अधिकांश डेङ्गुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन ।
डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म ) देखिन्छ । साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरुमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन् :
- आँखाको पछाडि (भित्रि) भाग दुख्नु
- वाकवाकी लाग्नु
- मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु
- शरीरका ग्रंथिहरु सुन्निनु
- छाला रातो हुनुका साथै छालामा डाबर आउनु
लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।
डेङ्गुबाट पीडित २० जनामध्ये एक जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ ।
डेङ्गु ज्वरो कहिलेसम्म रहन्छ ?
डेङ्गुका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ । यस पछि धेरै मानिसहरूले ठीक भएको महसुस गर्न थाल्छन्, तर केहीलाई प्राणघातक गम्भीर डेङ्गु हुन्छ जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ ।
गम्भीर डेङ्गु वा Dengue Hemorrhagic Fever भनेको के हो ?
गम्भीर डेङ्गुका लक्षणहरू जीवनको लागि खतरा हो । ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेङ्गुको लक्षण देखिन्छ ।
डेङ्गु भाइरसका कारण तपाईंको रक्तनलीहरू क्षतिग्रस्त भएको खण्डमा गम्भीर डेङ्गु हुन्छ ।
गम्भीर डेङ्गु भएमा तपाईंको रगतमा प्लेटलेट्सको संख्या घट्छ । यसले गर्दा आन्तरिक रक्तस्राव हुनसक्छ र शरीरका अङ्गहरूले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने सम्भावना समेत बढाउँछ ।
डेङ्गुको गम्भीर ज्वरोको चेतावनी संकेत वा लक्षणहरू चाँडै विकास हुन सक्छ । त्यस्ता संकेतहरू सामान्यतया ज्वरो हटेको पहिलो वा दोस्रो दिन पछि सुरु हुन सक्छ र यी निम्न प्रकारका हुन सक्छन्:
- पेट दुख्नु
- लगातार बान्ता हुनु
- गिजा वा नाकबाट रक्तस्राव हुनु
- दिसापिसाब वा बान्तामा रगत देखिनु
- सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु
- चिडचिडाहट या बेचैनी हुनु
- छालामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ
यदि तपाईंलाई डेङ्गु लागेको छ वा डेङ्गुको प्रकोप भएको क्षेत्रमा बस्नुहुन्छ भने र यी लक्षणहरू मध्ये कुनै पनि अनुभव भएमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोस् ।
डेङ्गु ज्वरोको उपचार कसरी गरिन्छ?
डेङ्गु ज्वरोको उपचार गर्ने कुनै खास औषधि हुँदैन ।
यो रोग लागेको खण्डमा हामीले आफ्नो लक्षणहरू व्यवस्थापन गर्नुपर्छ र गम्भीर लक्षणहरु देखापरेमा तुरुन्तै डाक्टर कहाँ वा तुरुन्तै आपतकालीन कक्षमा जानुपर्छ ।
डेङ्गु ज्वरोको लक्षणलाई कसरी व्यवस्थापन गर्ने ?
डेङ्गु ज्वरोको उपचार गर्ने एक मात्र उपाय भनेको लक्षणको व्यवस्थापन गर्नु हो, जस्तै:
- प्रशस्त पानी र तरल पदार्थ पिउने
- सकेसम्म धेरै आराम गर्ने
- ज्वरो नियन्त्रण गर्नका लागि Paracetamol को प्रयोग गर्ने
- इबुप्रोफेन (Ibuprofen) वा एस्पिरिन (Aspirin) को प्रयोग नगर्ने। यी औषधीले आन्तरिक रक्तस्रावको खतरा बढाउन सक्छ ।
डेङ्गु ज्वरोबाट कसरी बच्ने ?
लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।
डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ जस्तै:
- घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
- लामो बाहुला भएको लुगा लगाउने
- घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरु, बाल्टी तथा ब्यारेलहरु हटाउने
- हप्तामा कम्तिमा एक पटक घर वरपरको गमलाको प्लेट, फुल दानी, कुलर, खाली कन्टेनरहरू र पुरानो टायरहरुलाई सफा गर्ने
- यदि तपाईं गर्भवती हुनुहुन्छ भने सम्भव भएसम्म डेङ्गु को सङ्क्रमण भएको ठाउँमा नजाने
डेङ्गुबाट बच्नको लागि डेङ्गुको खोप पनि प्रयोग गर्न सकिन्छ । तर डेङ्गुको भ्याक्सिन पहिले नै डेङ्गु भएको व्यक्तिहरुलाई मात्र सिफारिस गरिन्छ।
यसले भविष्यमा डेङ्गु भाइरसको फरक संस्करणले गर्दा डेङ्गु लागेको खण्डमा गम्भीर डेङ्गु (डेङ्गु हेमोरेजिक फिभर) को जोखिम कम गर्न सक्छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले डेङ्गु रोग लागेको क्षेत्रमा डेङ्गु ज्वरो कम गर्न डेङ्गुको भ्याक्सिन आफैँमा प्रभावकारी माध्यम नभएको बताएको छ ।
तसर्थ लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।
डाक्टरसँग परामर्श लिनुहोस्>>>
- Our Services
- Recent Blogs
-
Articles Category
- Alzheimer's Disease
- Andrology
- Balanced Weight
- Cancer
- Children Health
- COVID-19
- Diabetes
- Diet and Nutrition
- Digestive System
- Diseases in Nepal
- Emotional Support Hotline
- Eye Health
- Flu Vaccines
- Food Benefit
- Full Body Checkup
- Gastritis
- Haircare
- Heart Problems
- Immunity System
- Kidney Health
- Medical Certificates
- Melasma (पोतो /कालो दाग)
- Men's Health
- Mental Health
- Ob Gyn
- Online Consultation
- OPD Departments
- Oral Health
- Orthopedic
- Pneumonia
- Press Release
- Psychology
- Rabies FAQ
- Respiratory Diseases
- Sexual Health
- Skincare
- Travel Safety
- Ultrasound
- Urology
- Vaccination
- Varicose Vein Treatment
- Vitamin D
- Women's Health
Thank For the informative blog post about dangers of food poisoning in the summer. I have learn so much by reading your blog post. Its helps me to what to avoid during summertime. The tips are reassuring for my health I will follow the guideline and share with my family. Keep up the good work.