इन्फ्लुएन्जा (Influenza) बारे जान्नै पर्ने महत्वपुर्ण कुराहरू

Posted on : November 19, 2023 by Clinic One on Blog

इन्फ्लुएन्जा (Influenza) सामान्यतया फ्लू (Flu) भनेर चिनिन्छ । इन्फ्लुएन्जा (फ्लू) विभिन्न प्रकारका भाइरस र त्यसका उप-प्रकारका कारणले हुने तीव्र श्वासप्रश्वाससम्बन्धी लाग्ने रोग हो जसले नाक, घाँटी र कहिलेकाहीँ फोक्सोमा पनि संक्रमण गर्छ। कुरा गर्दा, हाछ्युँ गर्दा वा खोक्दा निस्कने थोपाहरूबाट यो सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।


इन्फ्लुएन्जा (फ्लु) को विभिन्न प्रकारहरू के-के हुन्?

स्ट्रेनको कुरा गर्नु अघि, यसको प्रकार र उप-प्रकारहरूकाे बारेमा जान्न महत्त्वपूर्ण छ। इन्फ्लुएन्जा भाइरसहरू 4 प्रकारका हुन्छन्;

  1. इन्फ्लुएन्जा प्रकार A
  2. इन्फ्लुएन्जा प्रकार B
  3. इन्फ्लुएन्जा प्रकार C
  4. इन्फ्लुएन्जा प्रकार D

इन्फ्लुएन्जा भाइरस (टाइप A)ले सबैभन्दा गम्भीर स्वास्थ्य समस्या गराउछ र याे अरू भन्दा जटिल टाइपकाे भाइरस हाे ।

टाइप A प्रकारको भाइरसलाई थप दुई उप-प्रकारमा वर्गीकृत गरिएको छ:

  • Hemagglutinin (HA)
  • Neuraminidase (NA)

इन्फ्लुएन्जा टाइप A ले निम्त्याउने स्ट्रेनहरूमा H1N1, H5N1, र H3N2 पर्छन् । यी स्ट्रेनहरू मध्ये, H3N2 बढी गम्भीर हुन्छ ।

इन्फ्लुएन्जा भाइरस (टाइप B) अर्को टाइपकाे भाइरस हो जसले फ्लूको localized इन्फेक्सन फैलाउँछ। इन्फ्लुएन्जा टाइप B वयस्कहरुमा सामान्यतय बढी देखा पर्छ।

टाइप B भाइरसहरूलाई थप २ उप-प्रकारहरूमा वर्गीकृत गर्न सकिन्छ:

  • यामागाता (Yamagata)
  • भिक्टोरिया (Victoria)

इन्फ्लुएन्जा भाइरस (टाइप C) अर्को प्रकारकाे भाइरस हो जुन टाइप A र B भन्दा कम देखा पर्छ र इन्फ्लुएन्जा प्रकार A र B भन्दा कम गम्भीर र हल्का हुन्छ। यद्यपि, दम, क्रोनिक ब्रोन्काइटिस, र निमोनिया जस्ता दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिहरू यस प्रकारको इन्फ्लुएन्जाबाट गम्भीर रूपमा प्रभावित हुन सक्छन्।

इन्फ्लुएन्जा भाइरस (टाइप D) ले मानिसहरूलाई संक्रमित गरेको पुष्टि भएको छैन तर यसले सुँगुर र गाईवस्तु जस्ता केही जनावरहरूलाई मात्र सङ्क्रमण गर्छ ।


कुन जनसंख्यामा इन्फ्लुएन्जा (फ्लु) लाग्ने सम्भावना बढी हुन्छ ?

फ्लू जसलाई पनि लाग्न सक्ने भएतापनि कोही व्यक्तिहरू फ्लुबाट हुने गम्भीर रोगको उच्च जोखिममा हुन्छन् (फ्लूबाट धेरै बिरामी हुने अधिक सम्भावना र अस्पतालको हेरचाहको आवश्यकताको पर्ने उच्च जोखिममा हुन सक्छन्), जस्तै:

  • गर्भवती महिलाहरू,
  • बच्चाहरु,
  • ६५ वर्षभन्दा माथिका वृद्ध-वृद्धाहरु,
  • दिर्घकालिन राेग लागेका व्यक्तिहरू र
  • स्वास्थ्यकर्मीहरू ।


flu risk group


इन्फ्लुएन्जा (फ्लु) लाग्दा देखिने संकेत र लक्षणहरू:

  • ज्वरो आउँने,
  • मांसपेशी दुख्ने,
  • जिउ सन्चाे नहुने,
  • सुख्खा खोकी लाग्ने,
  • राइनाइटिस हुने – Rhinitis ( नाक बन्द हुने वा घरी घरी रूगा लाग्ने )
  • घाँटी दुख्ने, आदि।


इन्फ्लुएन्जाकाे (फ्लु) लक्षण कति दिन पछि देखा पर्छ?

व्यक्तिमा फ्लूको संक्रमण र लक्षणहरू देखिने बीचको अवधि सामान्यतया दुई दिनको हुन्छ, तर यो एकदेखि चार दिनको बीचमा पनि देखा पर्न सक्छ।


इन्फ्लुएन्जा (फ्लु) कसरी सर्छ? 

जब फ्लू भएका मानिसहरू खोक्छन्, हाच्छ्युँ गर्छन् वा कुरा गर्छन् त्याे बेला मुख वा नाकबाट निस्कने थाेपाबाट याे भाइरस सजिलै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्छ। फ्लू भाइरस भएको वस्तु छाेएर आफ्नै मुख, आँखा वा सम्भवतः आफ्नो नाक छाेएमा पनि याे भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्छ।


इन्फ्लुएन्जाकाे (फ्लु) जटिलताहरू

  • इन्फ्लुएन्जा भाइरसकाे संक्रमणले नाक, घाँटी र फोक्सोमा जटिल समस्या गराउन सक्छ। 
  • निमोनिया (गम्भीर फ्लू रोग) गराउन सक्छ। 
  • साइनस र कानको संक्रमण (moderate effect) गराउन सक्छ। 
  • हृदय विफलता (Congestive heart failure), दम (Asthma) वा मधुमेह (Diabetes) जस्ता स्वास्थ्य समस्या (severe effect) पनि गराउन सक्छ।


इन्फ्लुएन्जाकाे (फ्लु) को रोकथामका उपायहरू 

व्यक्तिगत सरसफाइमा ध्यान दिने:

हात धुनु र हातको सरसफाइ गर्नु भनेकाे फ्लुको संक्रमणबाट बच्ने सरल तर प्रभावकारी उपाय हो। साबुन र पानीले कम्तिमा 20 सेकेन्डसम्म नियमित रूपमा आफ्नो हात धुनुपर्छ, विशेष गरी खोक्दा र हाछ्युँ गर्दा। यदि साबुन र पानी उपलब्ध छैन भने, ह्यान्ड सेनिटाइजरकाे प्रयोग गर्नुपर्छ।


आफ्नो मुख छोप्ने:

खोकी र हाच्छिउबाट निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो भाइरस  सजिलै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्छ। कीटाणुहरू फैलिन नदिन हाछ्युँ गर्दा वा खोक्दा आफ्नो मुख वा नाक कुहिनो वा टिस्युले छोप्ने गर्नुपछ। प्रयोग गरिएका टिस्युहरू तुरुन्तै फाल्ने र माथि उल्लेख गरिए अनुसार हात धुने बानी गर्नुपछ।


बिरामी भएका व्यक्तिहरूकाे सम्पर्कबाट टाढा रहने

बिरामी भएका व्यक्तिहरू वा विशेष गरी फ्लू-जस्तै लक्षणहरू भएका व्यक्तिहरूसँगको सम्पर्कबाट टाढा रहनुहोस् र यदि तपाईं बिरामी हुनुहुन्छ भने घरमै बस्नुहोस्। यसले कीटाणुहरू फैलिनबाट रोक्न मद्दत गर्दछ। अंगालो हाल्ने, हात मिलाउने र व्यक्तिगत सामानहरू share गर्ने जस्ता गतिविधिहरू नगर्नुहोस्। संक्रमणको जोखिम कम गर्न मास्कको प्रयोग गर्नुहोस् र न्यूनतम दूरी कायम गर्नुहोस्।


फ्लू भ्याक्सिन लगाउने

इन्फ्लुएन्जा भाइरसबाट हुने संक्रमण र गम्भीर परिणामहरू रोक्ने सबैभन्दा प्रभावकारी उपाय नै खोप हो।

फ्लू शट हरेक वर्ष लगाउनु सबैभन्दा प्रभावकारी विधि हो। यसले हाम्रो शरीरमा फ्लू भाइरसहरू विरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्दछ।


फ्लू भ्याक्सिन क-कसले लगाउनु पर्छ?

CDC द्वारा यो खाेप लगाउन छ महिना भन्दा माथिका सबैलाई सल्लाह गरिन्छ। विशेष गरी गर्भवती महिला, साना बालबालिका, बृद्ध र दिर्घकालिन राेग भएका मानिसहरू बढी जोखिममा हुने गर्छन् र त्यसैले यी व्यक्तिहरूले फ्लुकाे खाेप लगाउँन अावश्यक छ।


फ्लू भ्याक्सिन लगाउने सही समय कहिले हो ?

नेपाली क्यालेन्डर अनुसार यो भ्याक्सिन लगाउने महिना भाद्र र असोजको बीचमा पर्दछ ।तर तपाईंले फ्लूको मौसममा कुनै पनि समयमा फ्लू शट लगाउँन सक्नुहुन्छ। अंग्रेजी क्यालेन्डर अनुसार यो भ्याक्सिन लगाउने सही समय सेप्टेम्बर देखि मार्च महिना सम्मकाे समय हाे।

सामान्यतया डिसेम्बर देखि फेब्रुअरी भित्र फ्लु भाइरस छिट्टै फैलिन्छ। खोप लगाएपछि फ्लूबाट लड्न पर्याप्त एन्टिबडीहरूकाे विकास गर्न सामान्यतया २ हप्ता लिन्छ।


फ्लू खोपका फाइदाहरू

  • CDC अनुसार फ्लू लाग्ने जोखिमलाई 40-60 प्रतिशतले घटाउँछ।
  • फ्लू-सम्बन्धित अस्पताल भर्ना हुने दर र मृत्युको जोखिम कम गर्दछ।
  • दीर्घकालीन फोक्सोको रोग, हृदयघात र मधुमेहको जोखिम कम गर्छ।
  • गर्भवती महिलाहरू सुत्केरीको समयमा र पछि बच्चाको जीवनको पहिलो केही महिनाहरूमा भाइरसबाट सुरक्षित हुन्छन्।


फ्लू भ्याक्सिन को सामान्य साइड इफेक्ट के हो?

सामान्य साइड इफेक्टहरूमा इंजेक्शन लगाएकाे ठाउँमा हल्का दुख्ने वा हल्का फ्लू जस्तो लक्षणहरू समावेश हुन सक्छन्, जुन सामान्यतया एक वा दुई दिन भित्र निको हुन्छ।


फ्लू शट लिनु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?

  • दीर्घकालीन रोग लागेका व्यक्तिहरूले फ्लू शट लिनु अघि आफ्नो स्वास्थ्य चिकित्सकसंग परामर्श लिर्नुपर्छ।
  • यदि तपाईं हाल बिरामी वा अस्वस्थ हुनुहुन्छ भने, तपाईंले निको नभएसम्म पर्खनुभयो भने उत्तम हुन्छ।
  • ६ महिना भन्दा कम उमेरका शिशुहरू फ्लू शट लिन धेरै साना हुन्छन्। त्यसैले शिशुको हेरचाह गर्ने व्यक्तिहरुले फ्लु विरुद्धको खोप लगाउन आवश्यक छ।
  • यदि तपाईलाई अण्डा वा खोपमा रहेको अन्य तत्वहरू संग एलर्जी छ भने फ्लु खोप लगाउनु अघि आफ्नो स्वास्थ्य चिकित्सकसंग परामर्श लिर्नुपर्छ।
  • Guillain-Barré Syndrome भएका व्यक्तिहरूले फ्लूको खोप लगाउन मिल्दैन ।



फ्लू मौसमको बेला स्वस्थ रहने केही उपायहरु:

  • दैनिक तीन गिलासभन्दा कम पानी पिउनेहरूलाई फ्लू हुने सम्भावना चार गुणा बढी हुने अध्ययनले देखाएको छ। कम्तिमा पनि दिनको 8 गिलास पानी पिउँनलाइ सिफारिस गरिन्छ। 
  • अनुसन्धानले देखाए अनुसार हाम्रो शरीरलाई फ्लूसँग लड्न कम्तिमा पनि ७-८ घण्टाको निद्रा चाहिन्छ। त्यसैले, पर्याप्त निद्रा पुर्याउँनुहाेस् । 
  • आफ्नो प्रतिरक्षा प्रणाली बढाउन स्वस्थ र प्रोटिनयुक्त खानालाई प्राथमिकता दिनुहोस्। साकाहारीहरुको लागि गेडागुडी, अण्डा र दही उत्कृष्ट हुन्छ। 
  • कागती र मह हालेर तातो चिया (कालो वा हरियो) पनि पिउन सकिन्छ । 
  • नियमित र मध्यम व्यायाम तपाईंको प्रतिरक्षा प्रणाली र समग्र स्वास्थ्यको लागि राम्रो हुन्छ।


फ्लू बारे याद राख्नु पर्ने मुख्य कुराहरू:

  • फ्लू एक भाइरल रोग हो जसले नाक, घाँटी र कहिलेकाहीं फोक्सोमा संक्रमण गर्छ।
  • टाइप A र B ले महामारी निम्त्याउँन सक्छ र टाइप C ले हल्का मात्रै लक्षण देखाउँछ।
  • खोप फ्लू रोकथामको सबैभन्दा प्रभावकारी तरिका हो।
  • CDC अनुसार, सेप्टेम्बर र अक्टोबर महिना फ्लू विरुद्ध खोप लगाउन राम्रो समय हो।
  • गर्भावस्थाको कुनै पनि चरणमा गर्भवती महिला, बालबालिका (६-५९ महिना) र वृद्ध व्यक्तिहरू (६५ वर्षभन्दा माथि) बढी जोखिममा हुन्छन्।
  • फ्लू भाइरस नाक, मुखबाट निस्कने थोपा र फोमाइट्स (Fomites) मार्फत फैलिन्छ।
  • फ्लुबाट बच्न स्वस्थ बानीकाे बिकास गर्नुहाेस् र बिरामी व्यक्तिहरूसँग नजिकको सम्पर्कबाट टाढा रहनुहोस्।
  • पर्याप्त मात्रामा निद्रा पुर्याउँनुहाेस् र नियमित व्यायाम गर्नुहोस्।
  • यदि केहि जटिल लक्षण देखा परेमा नअात्ती अाफ्नाे स्वास्थ्यकर्मीलाइ तुरून्त सम्पर्क गर्नुहाेला ।  


फ्लू भ्याक्सिन वा इन्फ्लुएन्जा भ्याक्सिन कता उपलब्ध छ?

फ्लू भ्याक्सिन वा इन्फ्लुएन्जा भ्याक्सिन क्लिनिक वानमा उपलब्ध छ ।

Influenza vaccine in Nepal | Flu vaccine in Nepal



Request an Appointment for Flu Vaccine at Clinic One >>>





क्लिनिक वानमा Flu Vaccine लगाउनकाे लागि Appointment लिन के गर्नुपर्छ ?

क्लिनिक वानमा Flu Vaccine लगाउनकाे लागि Appointment लिन, हाम्राे Vaccine Hotline Number: 9861966614 वा  01-5400400 मा सम्पर्क गरी खबर गर्न सक्नुहुन्छ। हजुरहरूले हाम्राे क्लिनिकाे E-mail वा Social media मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

क्लिनिक वानले हजुरहरूकाे घरमै आएर पनि Flu Vaccine लगाइदिने सेवा दिदैँ आएकाे छ। 


Flu Vaccine वा Influenza Vaccine लिन क्लिनिक वान नै किन रोज्ने त?

  • पूर्ण खोप केन्द्र – (बालबालिका, विद्यार्थी, वयस्क र यात्रुहरूका लागि)
  • अनुभवी स्वास्थ्य कर्मीहरू हुने भएकोले
  • अन्तर्राष्ट्रिय प्रमाणित खोप कार्ड पाइने भएकोले
  • अन्तर्राष्ट्रिय/राष्ट्रिय विश्वसनीय खोप केन्द्र भएकोले
  • पूर्ण डिजिटाइज्ड रेकर्ड प्रणाली भएकोले
  • गुणस्तरीय कोल्ड चेन कायम राखिने भएकोले
  • घरमै अाएर भ्याक्सिन लगाइ दिने सेवा उपलब्ध हुने भएकोले


क्लिनिक वानमा पाइने फ्लू भ्याक्सिन को मूल्य:
क्लिनिक वानमा फ्लु भ्याक्सिनको मूल्य मात्रै रु. ३१०० प्रति डाेज रहेकाे छ।



निष्कर्ष:

फ्लूको मौसमकाे बेला यस ब्लगमा दिइएका सल्लाहहरू पालना गरेर, तपाईंले फ्लू र यसका अप्रिय लक्षणहरूबाट बच्न सक्नुहुन्छ।

याद राख्नुहोस्, रोकथाम अति आवश्यक छ। यस भाइरस विरुद्धको खोप लगाउने, हातको उत्कृष्ट सरसफाइको अभ्यास गर्ने, र स्वस्थ जीवनशैली अपनाउने जस्ता अभ्यासहरूकाे पालना गर्नै पर्छ। सन्तुलित आहार खानुहाेस्, हाइड्रेटेड रहनुहोस्, पर्याप्त आराम गर्नुहाेस्, र तपाईंको समग्र स्वास्थ्यलाई प्राथमिकता दिन शारीरिक रूपमा सक्रिय रहनुहोस्।

References:

https://www.britannica.com/science/influenza
https://www.eastmeadowmedical.com/blog/why-the-flu-vaccine-is-reformulated-every-year
Influenza Vaccine Options: 2022-2023 Season
https://www.ucsfhealth.org/education/8-ways-to-stay-healthy-this-flu-season https://www.cdc.gov/flu/prevent/actions-prevent-flu.htm https://www.healthdirect.gov.au/flu#season https://www.who.int/tools/flunet/flunet-summary https://www.aarp.org/health/conditions-treatments/info-2022/flu-shot-benefits.html https://www.signupgenius.com/home/tips-to-stay-healthy-during-flu-season.cfm

Related Articles:

The Importance of Annual Flu Vaccination: Myths vs. Facts

As flu season approaches, the topic of flu shots returns to the forefront stage. Every year, myths and facts regarding […]

read more...


Flu Vaccine/Influenza Vaccine 2023/2024 Batch Available at Clinic One

In a continuously battling world for health concerns, one villain returns year after year. That is the flu, or influenza […]

read more...


HOW IS SEASONAL FLU DIFFERENT FROM COVID-19 FLU?

In the realm of infectious diseases, two prominent adversaries have been making headlines: Seasonal Flu and COVID-19 Flu. While they […]

read more...


Flu season preparedness: Understanding flu & tips for staying healthy during flu season

Influenza commonly referred to as flu is an infectious viral disease caused by the Influenza virus that infects the nose, […]

read more...


Influenza: Decoding its Strains & Why Flu Vaccine Changes Yearly?

What is Influenza? Influenza is an acute respiratory illness caused by various types and sub-types of Influenza viruses. These viruses […]

read more...


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Select Language