आँखाअगाडि कसैलाई ‘हार्ट अट्याक’ हृदयघात भएमा के गर्ने?

Posted on : September 15, 2021 by Clinic One on Heart Problems


गत सेप्टेम्बर २ मा भारतीय चर्चित अभिनेता सिद्धार्थ शुक्लाको निधनले बलिउडमा स्तब्ध छायो ।

बिगबोस सिजन १३ का विजेता समेत रहेका उनको मृत्युले बलिउडमा मात्र नभई नेपालमा पनि उत्तिकै चर्चा पाएको थियो ।

सिद्धार्थले सुत्नुअघि कुनै औषधि लिएको त्यसपछि उनी सधैका निम्ति अस्ताएको भारतीय मिडियाहरुमा उल्लेख छ ।

यद्यपिः उनको पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी नै छ ।


अचम्मको कुरा त के छ भने, ४० वर्षीय शुक्लाको मृत्युसंगै लाखौ संख्यामा रहेका उनका फ्यान एवम् फलोअर्सले ‘हार्ट अट्याक’ हृदयघातको विषयमा निकै चाख दिएको देखिन्छ ।


यसपछाडिको एउटै कारण हो: मुम्बई अस्पतालले शुक्लाको मृत्यु हृदयघातबाट भएको पुष्टि गर्नु ।


यस्तै, केहि समय अघि मात्रै अर्का चर्चित बलिउड हस्ती निर्देशक तथा अभिनेत्री मन्दिरा बेदीका श्रीमान् राज कौशलको पनि हृदयघातकै कारण मृत्यु भएको थियो ।

उसो त, उनी पनि उमेरले भर्खरै पाचौ दशकको शुरुवाती क्रममा थिए ।

यति मात्र नभई नेपालकै भेरी अस्पतालमा पनि भदौ २४ गतेका दिन(बिहिबार) मात्रै २४ वर्षीयको युवामा हृदयघात भएको केश दर्ता भएको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि हृदयघातका समस्या प्रायजसोः अस्वस्थ्यकर जीवनशैली र मधुमेह तथा उच्च रक्तचाप भएको एवम् पाकोे उमेरका समूहमा देखिन्थ्यो ।

तर, यसरी एकपछि अर्का युवाहरुले हृदयघातकै कारण ज्यान गुमाउनु परेको घटना आफैमा दुःखद पक्ष त हो नै साथै यसले पछिल्लो समयमा आमव्यक्ति जीवनशैलीसंगै स्वास्थ्य सम्बन्धिको ज्ञानमाथि समेत प्रश्न उठाएको छ ।


यी त भए केहि उदाहरण मात्रै । वास्तवमै पछिल्लो समय मुटुरोग सम्बन्धि समस्या पुर्वीय राष्ट्रहरुमा मात्रै नभई संसारभर नै एक विकराल समस्याको रुपमा स्थापित भएको देखिन्छ ।

अझ त्यसमाथि पनि अकस्मात् हुने हृदयघातकै कारण कयौले अकालमै ज्यान गुमाउनु परेको अवस्था छ ।

डब्ल्युएचओको सन् २०१८ को तथ्यांक नियाल्ने हो भनेपनि उक्त डेटाले नेपालमा हालसम्म मुटुरोग समस्याकै कारण ज्यान गुमाउने संख्या २०.५३ प्रतिशत(३४ हजार एक सय ६७) रहेको र विश्वको सन्दर्भमा नेपाल यसको ३८ औं स्थानमा रहेको पुष्टि गरेको छ ।


विभिन्न मुटुरोगअन्र्तगतकै एक प्रमुख समस्या रहेको हृदयघात आखिर कस्तो रोग हो त? यो किन हुन्छ ?



‘हार्ट अट्याक’ हृदयघात भनेको के हो ?

what is heart attack?


अंग्रेजीमा ‘हार्ट अट्याक’ पनि भनिने हृदयघातको विषयमा बोल्दै मुटु रोग विशेषज्ञ डा. शिलेन्द्र शाक्य भन्छन्, ‘शारीरिक संरचनाअनुरुप मुटुमा अक्सिजन सप्लाई गर्ने विभिन्न नशा÷धमनीहरु रहेका हुन्छन् ।

विविध कारणवश् सोहि नशाहरु ब्लक भएमा अथवा तिनको नियमित कार्यप्रणालीमा अवरोध पुगेको खण्डमा ती धमनीले अक्सिजन प्रवाह गर्ने अन्य भागका मासुहरु अक्सिजन नपाएर क्रमशः मर्न थाल्छन् ।

र, त्यसैले निम्त्याउँने नतिजालाई नै हामी आम बोलिचालीको भाषामा ‘हार्ट अट्याक’ भन्छौ ।’


आफ्नै आँखाअगाडि कसैलाई हार्ट ‘अट्याक’ हृदयघात भएमा के गर्ने ?


हृदयघातको कुनै निश्चित समय हुदैनँ ।

यो व्यक्तिलाई जुनसुकै समयमा वा स्थानमा पनि हुनसक्छ ।

तसर्थ यस्तो अवस्थामा हृदयघात भएका बिरामी र बिरामीसंगै उसको नजिक रहेको व्यक्ति निकै नै सजग हुनुपर्छ ।


उसो भए, ‘हार्ट अट्याक’ हृदयघातको प्राथमिक उपचार के हुन्?


सर्वप्रथम त, हार्ट अट्याकको सम्भावना बढि भएका(रिक्स फ्याक्टरको आधारमा) कुनैपनि व्यक्ति अझ, विशेषगरी मधुमेह, रक्तचापतथा कोलेस्टोरजस्ता दिर्घरोग भएका व्यक्तिहरु वा पहिले पनि हार्टअट्याकको शिकार भइससकेका व्यक्तिहरुले आफुम ाभएका असहजताको महशुसलाई ध्यानमा राख्दै यस विषयप्रति सदैव सर्तक रहनुपर्दछ ।

  • यस्ता व्यक्तिले आफ्नो साथमा सकेसम्म ‘एसप्रिन’ अथवा ‘डिस्प्रिन’ औषधि छुटाउनु हुदैँन। र, आफूलाई हार्टअट्याक हुने सम्भावना देखिएमा सो औषधि दुई चक्की जति चपाएर निल्नुपर्छ भने त्यसपश्चात् तुरुन्तै नजिकको अस्पताल गएर “इसिजी ” गराउनु पर्छ ।

यस्तै, हृदयघात घरेलु उपचारबाट सम्भव नभएकाले कुनैपनि व्यक्तिले आफ्ना वरपरका अन्य व्यक्तिलाई हृदयघात हुन लागेको थाहा पाएको खण्डमा अपनाइने विकल्प एउटै भएको डा. शाक्यको भनाई छ ।

‘यदि कुनै व्यक्तिलाई हृदयघात भयो भने अर्काे व्यक्तिले गर्नसक्ने भनेकै तुरुन्तै एम्बुलेन्सलाई खबर गरेर ती बिरामीलाई ‘एसप्रिन/डिस्प्रिन’ को दुईवटा चक्की चपाएर खानदिने हो ।

यस्तै सम्भव भएसम्म एम्बुलेन्स नआउन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।’


हृदयघातका केश के व्यक्तिपिच्छे फरक–फरक हुन्छ?


चिकित्सा क्षेत्रअन्र्तगत यसलाई समग्रमा ‘एक्युट कोरोनरी सिन्ड्रोम’अन्र्तगत सुचिकृत गरिएको डा. शिलेन्द्र बताउँछन् । र, हार्ट अट्याक व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार, फरक–फरक हुने गरेको उनको अनुभव छ ।

‘हार्ट अट्याकका कारण कसैको तुरुन्तै मृत्यु हुन्छ,भने कतिपयलाई आफुलाई हार्ट अट्याक भएको छ भन्ने थाहै नभई पनि हार्ट अट्याक भइसकेको केशहरु पनिहामीमाझप्रशस्त छन् ’, उनले भने ।


यसपछाडिको कारण बताउँदै डा. शाक्य हृदयघातमा मुटुका कुन भागको नशा ब्लक भयो? र, त्यसले कति भागलाई प्रभाव पारेको छ? भन्ने विषयले अत्यन्त महत्व राख्ने बताउँछन् ।

‘मुटुको कुन भाग र कति भाग ड्यामेज भयो? त्यसअनुरुप नै व्यक्तिमा त्यसको गम्भीरता निम्तिने हुन्छ ।’



हृदयघातका लक्षणहरु


अधिकांश रोगहरुले आफ्नो संकेत दिने बताउँदै हृदयघातका पनि केहि लक्षण हुने उनको भनाई छ ।

यद्यपि यो व्यक्ति र उसको अवस्थाअनुरुप फरक–फरक हुने बताउँदै उनले भने, ‘विशेषगरी मधुमेहका रोगीहरुमा कुनैपनि लक्षणबिना नै एक्कासी हार्ट अट्याक हुने गरेको पाइएको छ ।


तर, अन्य व्यक्तिको हकमाभने त्यसो भएको देखिदैन ।

उनीहरुमध्ये केहिमा विशेषगरि छाती दुख्ने हुन्छ भने कतिपयमा छातिको दुखाई महशुस नभईकन नै कम्तिमा दश मिनेटजति सास फेर्न गाहृो भएको महशुस हुने र मुटु भारी भएको भान हुन्छ ।

र, सो दुखाई क्रमशः सर्दैगई घाँटीसम्म आउने र व्यक्तिलाई घाँटी समातेको भानसमेत हुन्छ ।’

यस्तो दुखाई प्रायजसोः छातीको बीचभागमा भएपनि कहिलेकाहिँ त्यसको तोडले दायाँ वा बाया पनि दुखाईको महशुस हुने उनी बताउँछन् ।


उनका अनुसार, सो दुखाईले पछिल्लो भागमा समेत असर गर्नु र कसैको भने बायाँपट्टि भित्री भाग हुदैँ दुखाई सर्दै गएको महशुस हुनु पनि हृदयघातको लक्षण हो ।

यसबाहेक केहि व्यक्तिमा भने औँला दुखाईका ेमात्रै महशुसहुने र मुटुको धड्कनमा अनियमितता ्आउने समेत सम्भावना रहन्छ ।


हृदयघातका जोखिम निम्त्याउँने कारक तत्व (रिक्स फ्याक्टर)


हार्ट अटयाक को कारणका सम्बन्धमा भन्नुपर्दा यसको जोखिम निम्त्याउने कारक तत्व निम्नानुसार रहेको विज्ञ बताउँछन्ः


१. बढ्दो उमेर र पुरुषलिंगी


५०–६० वर्ष कटेपछि विशेषगरि पुरुषहरुमा यसको सम्भावना उच्च रहन्छ ।

यद्यपि अस्वस्थ्यकर जीवनशैलीका कारण पछिल्लो समय युवाहरु पनि यसको शिकार बन्नपुगेका छन् ।


२. तनाव


वर्तमान समयको व्यस्त जीवनशैलीमा अधिकांश व्यक्तिहरु तनावसहितको जीवनयापन गर्दै आइरहेका छन् ।

जुनपनि हृदयघातका निम्ति घातक पक्ष हो ।


३. धुम्रपान


बढ्दो विलासी जीवन र फेशनको रुपमा समेत स्थापित भई लतमा परिणत हुने गरेको धुम्रपानले मुटुका नशामा गहिरो असर पु¥याउने हुँदा यसले पनि हृदयघातलाई बढावा दिन्छ ।


४. शारीरिक रुपमा निस्क्रिय रहने


आजको युग कम्प्युटरको युग भन्दै हामीमध्ये अधिकांशले आफ्नो सारा जीवन एकै ठाउँमा स्थिर रुपमा बसेर मात्रै समय व्यतीतगर्ने बाहाना पाइरहेका छौ ।

यति हुदाँहुदैँ पनि कतिपयले शारीरिक व्यायामलाई समेत बेवास्ता गरिरहेका हुन्छ ।


तर, यस्तो हाम्रो यस्तो निस्क्रियपनले उल्टै मुटुरोग समस्या निम्त्याई रहेको हुन्छ ।


५. मोटोपन


विशेषगरी एसिया राष्ट्रका व्यक्तिहरु शरीरका अन्यभाग हेर्दा फिट देखिएपनिउनीहरुको पेट बाहिर निस्केको हुने गरेको पाइन्छ ।

यस्तै शरीरको उचाइृ अनुरुप अधिकांशको तौल बढि नै हुने गरेको समेत पाइन्छ ।


तसर्थ यस्ता व्यक्तिहरुमा पनि हृदयघातको जोखिम उच्च रहन्छ ।


६. आणुवंशिक


परिवारका कुनैपनि सदस्यलाई हृदयघात भएको छ भने यो समस्या घरका अन्य व्यक्तिमा पनि आणुवंशिकको रुपमा देखापर्न सक्छ ।

त्यसैले घरमा मुटुसम्बन्धि समस्या भएका अन्य सदस्यले पनि समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराइ रहनुपर्छ ।


७. अन्य स्वास्थ्य अवस्थाहरु


उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टोर भएका व्यक्तिहरुमा पनि हृदयघातको जोखिम उत्तिकै रहन्छ ।


हृदयघातको लक्षण भए./नभएको पहिचान कसरी गर्ने?


अधिकांश केशमा एन्जाइटीका लक्षण पनि हृदयघातका लक्षणसंग मिल्दोजुल्दो हुने भएकाले यसमा व्यक्तिहरु झुक्किने गरेको डा. शिलेन्द्र सुनाउँछन् ।

तसर्थ यसका लागि छातिको भागमा दुखाई भएका व्यक्तिहरुले अस्पताल गएर इसिजी गराउनमा उनी ज ोड दिन्छन् ।


यस्तै, व्यक्तिले ‘रिक्स फ्याक्टर’ को माध्यमबाट पनिआफुमाहृदयघातको सम्भावना कति रहेको छ भन्ने कुराको अनुमानगर्न सक्छन्, भने हृदयघात पहिचान गर्न सकिने अर्काे माध्यम भनेको रक्त परीक्षण पनि हो ।


हृदयघातका रोकथाम तथा उपचार


हृदयघातबाट बच्ने उत्तम उपाय भनेकै मुटु स्वस्थ्य राख्नु हो ।

यसका लागि व्यक्तिले मुटुलाई हानी गर्ने कारक तत्वको बारेमा जानकार रहदैँ उक्त कारक तत्वबाट टाढै रहने प्रयास गर्नुपर्छ ।

जस्तो यसका लागि व्यक्तिले स्वस्थ खानातथा सक्रिय जीवनशैलीलाई अवलम्बन गर्दै धुम्रपान तथा मद्यपानजस्ता घातक पदार्थ सेवनलाई त्याग्नुपर्छ ।


यस्तै, उपचारको सन्दर्भमा भन्नुपर्दा, हृदयघातको उपचार व्यक्तिको गम्भीरता र अवस्थाअनुरुप फरक–फरक हुन्छ भने उपचार जतिसक्दो चाडो गर्नुपर्ने डा. शाक्यको भनाई छ ।


हृदयघातका उपचार प्रकृया


1. औषधि सेवन


हृदयघात भएकाव्यक्तिलाई उपचार प्रकृया स्वरुप पहिलो चरणमा औषधि दिइन्छ । यद्यपि औषधिले नै समस्याको निदान हुनसक्ने सम्भावना भने निकै कम रहन्छ ।


2. कोरोनरी हाइड्रोप्लाष्टि


कोरोनरी हाइड्रोप्लाष्टि भन्नाले मुटुमा रगतको क्लटको कारण ब्लकभएर बसेको धमनीलाई एउटा तारको सहायताले खोलेर जाली राख्ने प्रकृया भन्ने बुझिन्छ । र, तmुनात्मक रुपमा यसलाई औषधि सेवनभन्दा प्रभावकारी प्रकृया मानिन्छ ।


3. बाइपास सर्जरी


मधुमेह, रक्तचाप तथा कोलेस्टोरजस्ता रोगले पहिल्यै ग्रसितव् यक्तिहरुको कतिपय केशमा मुटुको अधिकांश नशाहरु ड्यामेज भइसकेका हुन्छन् ।

तसर्थ त्यस्तो अवस्थामा भने व्यक्तिको बाइपास सर्जरी गरिन्छ ।


4. पेसमेकर वा सीआरटी


मुटुको चालमा अनियमिता देखिएको खण्डमा व्यक्तिमा गरिने उपचार भनेको पेसमेकर अथवा सीआरटी हो ।


यी माथि उल्लेखित उपचार प्रकृया पनि हृदयघात भएको ८ घण्टाभित्रै मुटुको अन्य भागहरु ड्यामेज हुनु अगावै अथवा अन्य भागहरु मर्नुअगावै गरिएको उपचारको प्रभावकारिता बढि रहने डा. शाक्य बताउँछन् ।


यसकारण पनि हृदयघात भएको मान्छेलाई जतिसक्दो चाँडो उपचार गर्नु र चिकित्सकको निगरानीमा राख्नु अत्यावश्यक हुन्छ ।

अन्यथा समयमै उपचारको अभावमा व्यक्तिको मुटुको धड्कनको गतिमा कमी आई क्रमशः मुटुको केहि भाग चल्नै छोड्ने हुन्छ ।

जसबाट शरीरमा जति मात्रामा मुटुले रक्तप्रवाह गर्नुपर्ने हो त्यत्ति मात्रामा गर्न सक्दैन र, परिणाम स्वरुप ‘हार्ट फेल’ सम्म हुनसक्ने अथवा व्इक्तिको ज्इानै जानसक्ने सम्भावना उच्च रहन्छ ।

तसर्थ यसो हुन नदिनका लागि हृदयघात भएका व्यक्तिले अनिवार्य रुपमा आफ्नो उपचार गराउनुपर्दछ ।


निस्कर्ष


हृदयघात व्यक्तिको अस्वस्थ्यकर खानपिन एवम् गलत जीवनशैलीको परिणाम हो ।

हृदयघात भएका व्यक्तिको अवस्थाअनुसार, लक्षणहरु पनि फरक–फरक रुपमा देखिन्छन् ।

जसअन्र्तगत छाती दुख्ने, सास फेर्न गाहृो हुने, मुटु भारी भएको भान हुने, दुखाई सर्दै गई पछिल्लो भागमा समेत दुखाई महशुस हुने, केहिमा औँला दुखाईको मात्रै महशुस हुने र मुटुको धड्कनमा अनियमितता आउनेजस्ता लक्षण देखिन्छन् ।


हृदयघातबाट बच्न व्यक्तिले शरीरलाई चुस्त राख्ने र स्वस्थ आहार एवम् जीवनशैलीमा जोड दिनुपर्छ ।

यस्तै, कुनैपनि व्यक्तिलाई हृदयघात भएको थाहा पाएमा तुरुन्तै एम्बुलेन्सलाई खबर गरी सम्भव भए बिरामीलाई ‘एसप्रिन/डिस्प्रिन’ को दुईवटा चक्की चपाएर खानदिने र अस्पताल नपुगुन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।



Related Articles:

Heart Attack: Causes, Symptoms, and Prevention

Medically termed as “Myocardial Infarction”, a heart attack is a serious medical condition whereby blood to the heart muscles is […]

read more...


Chest Pain: Causes, Symptoms, and Treatment in Nepal

Sharp stabbing pain or a dull ache in one’s chest is commonly termed as chest pain. It is one of […]

read more...


Frequently Asked Questions (FAQ’s) about Heart Disease

As the number of health calamities associated with the heart disease and problems sour in a global and national scene, […]

read more...


Cardiovascular Disease | History in Nepal

Overview Heart problems and disease, technically termed as Cardiovascular disease (CVD) are one of the leading causes of deaths in […]

read more...


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

9863393960 | 9801109235

Vaccine Inquiries : 9861966614

Sunday - Friday: 7am - 7pm

Saturday: 7am - 11am


Norkhang Complex, 2nd Floor

Next to St. Xavier's School, Jawalakhel

Lalitpur, Nepal


We Accept

cash on delivery
Select Language