हैजाको जोखिममा को पर्छन् र यसबाट कसरी बच्ने ?

Posted on : July 5, 2022 by Clinic One Team on Diseases in Nepal

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष १३ देखि ४० लाख मानिस हैजाबाट पिडित हुन्छन् र २१,००० देखि १,४३,००० मानिसको मृत्यु हैजाबाट हुने गर्छ ।


काठमाडौंमा पनि आज भोलि हैजाको प्रकोप बढिरहेकोले नेपाल सरकारले हालै मात्र काठमाडौं बासीहरुलाई सर्तक रहनका लागि विज्ञप्ती जारी गरेको छ ।


बर्षायाममा लाग्ने यस रोगको बारेमा जान्न एकदमै जरुरी छ । आजको यस आर्टिकलमा हामी हैजाको बारेमा विस्तृत रुपमा छलफल गर्नेछौँ ।


नेपालमा हैजाको अवस्था के छ ?

हैजाको प्रकोप नेपाल जस्तो देशका लागि चिन्ताको विषय हो ।


यस वर्ष मनसुन सुरु भए यता काठमाडौं उपत्यकामा १९ वटा हैजाका बिरामी फेला परेका छन् ।


नेपालले बर्षेनी वर्षायाममा बाढी र पहिरोको सामना गर्नु मात्र होइन, सुरक्षित खानेपानीको अपर्याप्त आपूर्ति र खुला दिसाको उच्च दरका कारण ग्रामीण तथा शहरी क्षेत्रमा हैजाको डर बढ्ने गर्छ ।

सन् २००९ मा मध्य पश्चिम क्षेत्रको जाजरकोटबाट सबैभन्दा ठूलो हैजाका प्रकोप रिपोर्ट गरिएको थियो ।

जाजरकोटमा हैजाबाट ३० हजारभन्दा बढी मानिस प्रभावित भएको अनुमान गरिएको छ । त्यसमध्ये ५०० भन्दा बढी मानिसहरूले हैजाबाट आफ्नो ज्यान गुमाएका थिए ।


हैजा भनेको के हो ?

हैजा भनेको के हो ?

हैजा अर्थात् Cholera भाईब्रो कोलेरा “Vibrio cholerae” भन्ने जीवाणुबाट लाग्छ ।

हैजा एक आत्याधिक चाडोँ सर्ने रोग हो । विशेषत, फोहोर पानी तथा फोहोर खानेकुरामा हैजाको जीवाणु पाइन्छ ।

हैजाको जीवाणु मानिसको शरिरमा छिरेको १२ घण्टा देखि ५ दिनमा हैजाको लक्षण देखिन थाल्छ ।

यस रोगका बिरामीले समयमै उपचार नपाए मृत्यु हुने सम्भावना बढी हुन्छ ।

हैजा एकदमै संक्रामक रोग हो जसले तुरुन्तै पखाला निम्त्याउँछ । यसले गर्दा शरीरबाट तरल पदार्थ र इलेक्ट्रोलाइट्स (खनिज पदार्थ) को धेरै क्षति हुन्छ ।


हैजा कसरी सर्छ ?

हैजा कसरी सर्छ ?

हैजाको संक्रमणको मुख्य स्रोत दूषित पानी हो ।

यदि हामीले हैजाको ब्याक्टेरियाबाट दूषित पानी वा खानेकुरा खायौ भने हामी हैजाको जोखिममा पर्न सक्छौँ ।

विशेष गरी महामारीको बेला हैजा रोगबाट संक्रमित व्यक्तिको दिसाले, पानी वा भोजन दूषित भएको छ भने हैजाको संक्रमण बढ्न सक्छ ।

फोहोर र पिउने पानी तथा अपर्याप्त उपचार भएका क्षेत्रहरूमा यो रोग तीव्र गतिमा फैलिन सक्छ ।


हैजा रोगको जोखिममा को को पर्छन् ?

स्वच्छ पिउने पानी र सरसफाइको राम्रो प्रबन्ध नभएको ठाउँहरूमा बसोबास गर्ने मानिसहरूलाई हैजाको खतरा बढी हुन्छ ।


हैजा रोगका लक्षणहरु के के हुन् त ?

हैजा रोगको किटाणुसँग सम्पर्कमा आउने अधिकांश मानिसहरू बिरामी हुँदैनन् र आफू संक्रमित भएको थाहा पाउँदैनन् । तर उनीहरुको दिसामा ७ देखि १४ दिनसम्म हैजाका ब्याक्टेरियाहरू हुन्छन् ।

हैजा रोगको किटाणुहरु यदि दूषित पानीमा परे भने अरूलाई पनि संक्रमण गर्न सक्छन् ।

हैजा लागेको व्यक्तिहरुमा निम्न प्रकारका हैजाको संक्रमणका लक्षणहरु देखिन सक्छन् :


१. पखाला

हैजा रोगका लक्षणहरु - पखाला

हैजा लागेका व्यक्तिहरुमा पखाला अकस्मात देखा पर्छ र यसले तुरुन्तै शरीरभित्रका तरल पदार्थको क्षति पुर्याउन सक्छ ।

हैजा लागेका व्यक्तिले एक घण्टामा लगभग १ लिटर जति शरीरभित्रका तरल पदार्थ गुमाउँछन् ।

हैजाको कारण लागेको पखालामा दिसा चामल पखालिएको पानीजस्तै सेतो देखिन्छ ।


२. वाकवाक लाग्ने र वान्ता हुने

वाकवाक लाग्ने र वान्ता  हुने

वान्ता विशेष गरी हैजाको प्रारम्भिक चरणमा हुन्छ र घण्टौंसम्म रहन सक्छ।


३. जलवियोजन (Dehydration)


हैजाका लक्षणहरू सुरु भएको केही घण्टाभित्रै जलवियोजन हुन सक्छ र यो हल्कादेखि गम्भीर हुन्छ । शरीरको तौल १०% वा त्योभन्दा बढी दरले कम हुनुले गम्भीर जलवियोजनलाई संकेत गर्छ ।

हैजाबाट जलवियोजन भएका मानिसहरुमा जिउ चिलाउने, थाक्ने, आँखा गाडिने, मुख सुक्ने, अत्यधिक तिर्खा लाग्ने, रक्तचाप कम हुने र मुटुको धड्कन अनियमित हुने जस्ता लक्षणहरु देखिन सक्छन् ।

जलवियोजनले हाम्रो रगतमा खनिज पदार्थहरूको तीव्र क्षति गराउँछ । सोडियम, क्लोराइड र पोटासियमजस्ता खनिज पदार्थहरूको तीव्र क्षतिले गर्दा मांसपेशीहरू दुख्ने जस्ता समस्या देखिन्छ ।

जलवियोजनका कारण हाम्रो शरीरमा रगतको मात्रा कम हुन्छ । रगतको मात्रा कम हुँदा रक्तचाप घट्छ र शरीरमा अक्सिजनको मात्रा घट्छ। समयमा उपचार गरिएन भने, गम्भीर Hypovolemic shock ले गर्दा बिरामीको केही मिनेटमै मृत्यु हुन सक्छ ।


४. अन्य लक्षणहरु:

  • रक्तचाप कम हुने
  • मुटुको ढुकढुकी बढ्ने
  • बेचैनी वा चिडचिडापन हुने


हैजा रोगबाट कसरी बच्ने ?

हैजा रोगबाट कसरी बच्ने ?

हैजा रोगबाट बच्न हामीले हाम्रो खानपान तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

  • विशेष गरी शौचालय प्रयोग गरेपछि र खाना खानु अघि र पछि साबुनपानीले हात धुनुपर्छ । यदि साबुन र पानी उपलब्ध छैन भने ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ ।
  • त्यस्तै पिउने पानीलाई उमालेर तथा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । साथै हामीले पूरै पकाएको तातो खाना खानुपर्छ
  • सकेसम्म ठेलामा राखेका खानेकुराहरु जस्तै पानीपुरी, चटपटे इत्यादि नखानेकाँचो फलफूल तथा तरकारीहरु खानुभन्दा अगाडी त्यसलाई राम्ररी पखालेर मात्र खानुपर्ने हुन्छ ।
  • फोहोर, दिसा, पिसाबको राम्ररी व्यवस्थापन गर्नुपर्छ र पानीको मुहान छेउमा फोहोर गर्नु हुँदैन।


हैजा रोगको घरेलु उपचार के छ ?

अधिकांश मानिसहरूले हैजाको घरमै सजिलै उपचार गर्न सक्छन् । झाडापखाला सुरु भएपछि हामीले मौखिक रुपमा पुनर्जलवियोजन (Oral Rehydration) गर्न सक्छौँ ।

हामीले एक लिटर पानीमा एक प्याकेट जीवनजल मिसाएर हैजाका बिरामीहरूलाई दिन सकिन्छ ।

बिरामीहरूलाई पहिलो दिन मध्यम जलवियोजन (Mild Dehydration) को उपचार गर्न ६ लिटरसम्म जीवनजल आवश्यक पर्न सक्छ ।


कस्तो बेलामा डाक्टर कहाँ जाने ?

when to visit doctor?

यदि तपाईलाई गम्भीर पखाला लागेको वा बान्ता भएको छ भने तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस् ।

साथै तपाईलाई गम्भीर जलवियोजन भएको खण्डमा तुरुन्तै नजिकको उपचार केन्द्रमा गएर डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ ।


डाक्टरसँग परामर्श लिनुहोस्>>>


 
References:
https://www.mayoclinic.org/diseases-conditions/cholera/symptoms-causes/syc-20355287
https://www.who.int/news-room/fact-sheets/detail/cholera
https://www.cdc.gov/cholera/general/index.html
https://pubmed.ncbi.nlm.nih.gov/23787517/ 

Related Articles:

Managing High Blood Pressure: Tips and Treatment Options 

Hypertension is another name for high blood pressure. High blood pressure is a condition where the blood’s constant pressure against […]

read more...


Dangers of Food Poisoning in Summer: Tips for Safe Eating 

Summer is a season for outdoor activities, social gatherings, and seasonal eating because of the higher temperatures and longer days. […]

read more...


ग्यास्ट्राईटिस: कारण, जोखिम तथा रोकथामका उपाय

पेटका लाईनिङ (अस्तर)हरुमा जलन, सुजन एवम् क्षयका कारण उत्पन्न हुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्य अवस्था अनुसार, व्यक्तिमा यसको […]

read more...


Dengue Vs. Flu Fever. What is the difference?

There is co-circulation of dengue virus and seasonal influenza in tropical regions of Earth and Nepal also lies in this […]

read more...


डेङ्गुको जोखिममा को पर्छन् र यसबाट कसरी बच्ने ?

डेङ्गु ज्वरो लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष […]

read more...


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Select Language