Posted on : August 12, 2020 by Clinic One Team on Vaccination
पछिल्लो समय विश्वमा भएका नयाँ तथा अहिले प्रयोगमा आएका खोपहरुलाइ रोगका आधारमा राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने निति अनुसार रोटाभाइरस लाई पनि नेपाल राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको छ ।
अब हरेक ६ हप्ताभन्दा माथिका बालबालिकालाई झाडा पखाला बिरुद्ध रोटाभाइरस खोप दिन नेपाल सरकारले पहल गरेको छ |
रोटा भाइरस अर्थात् (Winter Diarrhoea) भनेको के हो ?
जाडो मौसम मा बालबालिकाहरूलाई लाग्ने पखालाको प्रमुख कारण नै रोटाभाइरसलाई मानिन्छ । यो यस्तो भाइरस हो, जसका कारण बच्चामा पखाला सजिलै हुने गर्दछ । त्यसैले रोटा भाइरसको कारणले हुने पखालालाई Winter Diarrhea अर्थात चिसो मौसममा हुने पखाला पनि भनिन्छ ।
प्राय बालबालिकाहरूमा देखा पर्ने अधिकांश समस्या मध्य झाडा, बान्ता तथा पखाला गराउने मुख्य भाइरसहरु मध्यको मुख्य जड नै रोटाभाइरस हो । यो दिसापिसाब सँगसँगै अन्य किसिमका फोहरमा रहने भाइरस हो ।
फोहरमा पाइने यो भाइरस विशेषगरि जाडो र गर्मी दुबै याममा देखा पर्ने गर्दछ । फोहर तथा दिसामा सजिलै पाइने यो भाइरस जब विभिन्न माध्यामबाट बच्चाको शरीरमा प्रवेश गर्दछ तब बच्चाहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्दछन । जस मध्य यस्को असर भनेको बच्चाहरूमा देखा पर्ने पखाला नै मानिन्छ ।
रोटा भाइरस चिसोमा धेरै सकृय हुन्छ । जसले गर्दा चिसो मौसम मा बालबालिकाहरुलाई Winter Diarrhea हुने गर्दछ ।
बालबालिकाहरुलाई चाहिने अन्य खोपहरु यहा हेर्नुहोस >>
रोटाभाइरसको संक्रमण धेरै जसो कति उमेरको बालबालिकाहरुमा हुन्छ?
यो भाइरसको संक्रमण ५ बर्ष मुनिका बालबालिकाहरुलाइ हुने गर्दछ । जस मध्ये १ बर्ष मुनिका बालबालिकामा यस भाइरसको संक्रमण अझ बढी मात्रामा हुने गर्दछ ।
धेरै फोहोरमैला , प्रदुषित खानपान र बच्चाहरुमा गरिनुपर्ने स्वास्थ्य सम्बन्धी क्रियाकलापलाई अबलम्बन नगर्दा यो भाइरस बच्चाको शरीरमा प्रवेश गर्दछ । यो किटाणु दिसा पिसाब जन्य फोहरमा रहने गर्दछ ।
प्राय पाँच वर्ष मुनिका बच्चाहरुले जे भेटायो त्यहि आफ्नो मुखमा हाल्ने बानीले गर्दा बच्चामा यो भाइरस सजिलै प्रवेश गर्ने गर्दछ र बच्चाहरुमा यो भाइरसले छिटोभन्दा छिटो सताउने गर्दछ ।
मुखबाट सजिलैसँग शरीरमा छिर्ने भएकोले मेडिकल शब्दमा यस्लाइ ‘फिको ओरल’ पनि भन्ने गरिन्छ ।
पछिल्लो समयमा नेपालमा रोटाभाइरसको संक्रमणका तथ्याङ्कहरु
पछिल्लो ४ वर्षको सर्बेक्षणको तथ्यांक हेर्दा नेपालमा बार्षिक ५ वर्ष मुनिका बच्चाहरुमा कम्तिमा पनि ३ लाख ५० हजार बालबालिकाहरु पखालाका कारण सिकिस्त बिरामी परेर विभिन्न अस्पतालमा भर्ना हुने गरेको पाइएको छ ।
सन् २०१० देखि २०१६ सम्म कान्ति बाल अस्पतालमा गरिएको सर्बेक्षणको अनुसार पखालाका कारण अस्पतालमा भर्ना भएका मध्य ३८५ बालबालिकाहरुलाइ रोटाभाइरसका कारण नै पखाला लाग्ने गरेको स्वास्थ्य तथ्यांकले जनाएको छ ।
पछिल्लो समय विश्वमा भएका नयाँ तथा अहिले प्रयोगमा आएका खोपहरुलाइ रोगका आधारमा राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने नीति अनुसार रोटाभाइरस लाई पनि नेपाल राष्ट्रिय खोप कार्यक्रममा पनि समावेश गरिएको छ ।
बालबालिकाहरुलाई चाहिने सबै खोप का लागि हामीलाई सम्झनुहोस् !!
सम्पर्क नं: 015400400 या तल अपोइण्ट्मेण्ट बुक गर्नुहोस् |
अपोइण्ट्मेण्ट लिनुहोस्
रोटाभाइरसको संक्रमणका लक्षणहरु के के हुन्?
रोटा भाइरसको प्रवेशसँगै बच्चाहरुमा विभिन्न किसिमका लक्षणहरु देखा पर्ने गर्दछ ।
- पातलो दिशा हुने वा पखाला लाग्ने (दिनमा ३/४ पटक ) गर्दछ । पखाला ५/७ दिनसम्म पनि चल्न सक्छ ।
- बच्चाहरुले बान्ता गरिरहने गर्दछन ।
- लगातार पखाला लागिरहेको अवस्थामा बच्चाहरुमा कडा खालको जलबियोजन पनि हुन सक्छ ।
- यो भाइरसको प्रवेशसंगै बच्चाहरुमा ज्वोरो पनि आउने हुनाले पेट दुख्ने, बच्चा धेरै रुने, झिज्जिने हुन्छ ।
- खाना खान नखोज्ने अर्थात खाना खानु परेमा धेरै दुख दिने वा खाना मा रुचि नदेखाउने गर्दछन जुन लक्षण धेरै दिन सम्म भइरहेको अबस्थामा बच्चाहरुको आखा गड्ने र बच्चा बेहोस समेत हुने गर्दछन् ।
रोटाभाइरसको संक्रमणका जोखिम कारकहरु के के हुन्?
रोटा भाइरसको कारणले लाग्ने पखाला अर्थात Winter Diarrhoea हुनासाथ प्राय जसो आमा बुबाहरुले आफ्नो बच्चालाई एन्टिबायोटिकको प्रयोग गरिरहेको भेटिन्छ ।
यसरी बच्चालाई बिना स्वास्थ्य जाँच एन्टिबायोटिक सेवन गराउदा बच्चामा थप अन्य जटिल समस्याहरु उत्पन्न हुने खतरा पनि बढेर जान्छ ।
बच्चाले दिनमा कति पटक बान्ता गर्यो र कति पटक पातलो दिशा गर्यो र पातलो दिशा गरेसँगै पिसाब गर्यो वा गरेन भनेर ख्याल गर्नु जरुरी छ ।
सामान्यतया बच्चाले दिनमा ४/६ पटक पिसाब गरेको नै हुनु पर्दछ । पखाला बढि भएको कारण बच्चाको शरीरमा पानीको मात्रा कम हुँदा पिसाब कम आउने हुन सक्छ । जसले गर्दा बच्चाको मृगौलामा समेत असर हुन सक्दछ जस्को कारण थप जटिलता थपिन सक्छ ।
माथिको लक्षणसँग सगै बच्चाको आँखा गड्ने ,पेट्मा छाला चाउरी पर्ने वा छाला खुम्चिने, खाना खाएपछी बान्ता गर्यो वा बेहोस हुने आदि समस्या भएमा तत्कालै स्वास्थ संस्थामा लैजानु पर्दछ ।
रोटाभाइरस संक्रमणबाट आफ्नो बच्चालाई जोगाउने उपायहरु के के हुन् त ?
- बच्चालाई खाना खुवाउनु अघि हात राम्रोसँग धोएर मात्र खुवाउने वा खान दिने
- फलफुल खुवाउनुभन्दा अगाडि फलफुललाई केही समय तातोपानीमा डुबाउने अथवा फलफुललाई राम्रोसँग पखालेर मात्र खुवाउने
- बच्चाहरु खेल्ने वा बस्ने, सुत्ने ठाउँ सधैं सफा राख्ने
- बच्चालाई समय समयमा नुहाइदिने अथवा बच्चालाई सफासुघर राखिराख्ने
- बच्चाले लगाएको कपडाहरु सकेसम्म दिनदिनै परिवर्तन गरिदिने
- बच्चालाई उमालेको पानी मात्र पिउन दिने
- बच्चालाई प्रदान गरिने कुनै पनि खोपबाट बन्चित नगराउने ( नेपाल राष्ट्रिय खोप कार्यक्रम अनुसार रोटाभाइरस खोप लगाउने)
थप जानकारी चाहियो? हामीलाई मेसेज पठाउनुहोस !
मेसेज पठाउनुहोस
- कृष्ण न्यौपाने | (Community Medical Assistant) क्लिनिक वान टिम ११|०८|२०२०
- Our Services
-
Recent Blogs
- Lung Cancer: Things You Should Know About
- Pneumonia Vaccine Available at Clinic One 2023
- निमोनिया (Pneumonia) बारे जान्नै पर्ने महत्वपुर्ण कुराहरु
- The Importance of Self-Care for Men: Tips and Strategies for Prioritizing Your Health
- इन्फ्लुएन्जा (Influenza) बारे जान्नै पर्ने महत्वपुर्ण कुराहरू
- The Dark Side of Food Challenges: What You Need to Know
-
Articles Category
- Alzheimer's Disease
- Balanced Weight
- Cancer
- Children Health
- COVID-19
- Diabetes
- Diet and Nutrition
- Digestive System
- Diseases in Nepal
- Emotional Support Hotline
- Eye Health
- Flu Vaccines
- Food Benefit
- Full Body Checkup
- Gastritis
- Heart Problems
- Immunity System
- Kidney Health
- Medical Certificates
- Melasma (पोतो /कालो दाग)
- Men's Health
- Mental Health
- Ob Gyn
- Online Consultation
- OPD Departments
- Oral Health
- Orthopedic
- Pneumonia
- Press Release
- Psychology
- Rabies FAQ
- Respiratory Diseases
- Sexual Health
- Skincare
- Travel Safety
- Ultrasound
- Urology
- Vaccination
- Varicose Vein Treatment
- Vitamin D
- Women's Health
How much does cost that vaccinne?
Flu vaccine costs Rs 3100 per dose.