फुल बडी चेकअप किन गर्नुपर्छ ?

Posted on : June 30, 2021 by Clinic One Team on Full Body Checkup


सन् १९४८ मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई ‘रोग या दुर्बलताको अनुपस्थिति मात्र नभई व्यक्ति शारीरिक, मानसिक एवम् सामाजिक तवरबाट समेत सबल हुनु हो’, भनी व्याख्या गरेको छ ।

मानवजातिले कुनै पनि प्रकारको रोग र त्यसबाट पैदा हुने असक्षमता, पिडा तथा रोकथामलाई आफ्नो प्राथमिकतामा राख्दछ । जसस्वरुपः चिकित्सा विज्ञान त्यस्ता रोगहरुको प्रारम्भिक चरणमा नैै पत्ता लगाई त्यसको प्रभावकारी उपचार तथा त्यसबाट पैदा हुने जटिलतालाई समयमै रोक्न सकियोस् भन्नका लागि निरन्तर लागि परिरहेको छ ।

यसैगरि, विभिन्न स्वास्थ्य संस्थाहरुले सामान्य स्वस्थ जनसंख्याका लागि केहि रोगहरुको पहिचान गर्न सहज होस् भन्नका लागि आवश्यक मापदण्डहरु समेत तयार पारेका छन् ।

जस्तो उदाहरणका लागि ५० वर्ष माथिका स्वस्थ उमेर समूहलाई पोलिप्स(पोलिप्सको रुपमा अधिकांश क्यान्सरको शुरुवात हुने ठुलो आन्द्रा) जाँचको लागि कोलोस्नोकोपी(ठुलो आन्द्राभित्र गरिने परीक्षण) को सल्लाह दिने । जसबाट व्यक्तिमा पोलिप्सको पहिचान भएको खण्डमा त्यसलाई कोलोनोस्कोपीको दौरानमा नै हटाइएमा भविष्यमा गएर सो व्यक्तिमा हुने क्यान्सरको जोखिमलाई उल्लेखनीय रुपमा कम गर्न सकिन्छ ।

पछिल्ला दिनहरुमा ‘होल बडि चेकअप’(सम्पुर्ण शरीर परीक्षण) काठमाडौँका लागि एक आम विषय बनेको छ । व्यस्त जीवनशैलीका कारण वर्तमान पुस्ताका लागि आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि निकै कम समय रहन्छ । अस्तव्यस्त जिवनको भागदौडमा अधिकांश व्यक्तिहरु आफ्नो स्वास्थ्यको नियमित चेकजाँचमा भने चुकेका देखिन्छन् ।

यस्ता छन्, नियमित सम्पुर्ण शरीर चेकजाँच गर्नुका फाइदाहरु:


१. लक्षणबिना नै रोगको पहिचान


अधिकांश साझा रोगहरुमा सुक्ष्म लक्षणहरु रहेका हुन्छन् । जसलाई बिरामीले बेवास्ता गर्ने गर्छन् । जस्तो उदाहरणका लागि एनिमिया(रगत÷हेमोग्लोबिनको मात्रा हुनु) का न्युनतम लक्षणहरु रहेका हुन्छन् ।


सन् २०११ को अध्ययनले १५–४९ उमेर समूहका ३५ प्रतिशत नेपाली महिलामा एनिमियाको समस्या रहेको देखाएको थियो । एनिमिया सम्पुर्ण शरीर चेकजाँच गर्ने समयमा गरिने सामान्य रक्त परीक्षणको माध्यमबाट नै थाहा पाउन सकिन्छ ।

अधिकांश एनिमिया आन्द्रामा रहेका परजिवी, कम खाना अथवा महिनावारीको दौरानमा हुने अत्याधिक रक्तश्रावको कारण हुने गर्छ । यी सबै प्रकारका समस्या कम मुल्यमा नै उपलब्ध हुने सामान्य औषधिबाट नै निराकरण गर्न सकिन्छ ।

त्यस्तै, पित्तथैलीको पत्थरी पनि थाहा नहुने तर, जटिलता पैदा गर्ने प्रकृतिका हुन्छन् । पत्थरी पनि दुखाईबिना नै गरिने एक सामान्य अल्ट्रासोनोग्राफी(भिडियो एक्सरे) बाट नै गर्न सकिन्छ ।

यसैगरि अल्ट्रासोनोग्राफीकै माध्यमबाट ‘फ्याटि लिभर’(कलेजोमा बोसो जमेको अवस्था) बारे थाहा पाउन सकिन्छ । कलेजोको फेल नै गराउनेजस्ता गम्भीर क्षतिको कारक तत्व यस फ्याटि लिभरको समस्याले प्रायजसो बढि तौल भएका र मोटोपनका समस्या भएका व्यक्तिलाई बढि सताउने गर्छ ।


यद्यपि समयमै पत्ता लगाई गरिएको यस उपचारको लागत भने प्रभावकारी रहन्छ । ‘होल बडि’ स्वास्थ्य परीक्षण उच्च रक्तचाप तथा सुगरजस्ता वशांणुगत समस्या भएका पारिवारका सदस्यका लागि पनि उपयुक्त रहन्छ ।


२. कम लागतमै लाभ प्राप्त गर्न सकिने

कुनैपनि रोगले जटिल अवस्था लिइसकेपछि त्यसको निदान आर्थिक दृष्टिकोणले पनि निकै भार पर्न जान्छ । तसर्थ गम्भीर रोगहरुको पहिचान शुरुवाती चरणमा नै गर्न सकिएको खण्डमा त्यसले आर्थिक पक्षमा पनि सघाउ पु¥याउँन महत्वपुर्ण भुमिका खेल्छ ।


रक्त ग्लूकोज(सुगर) को मात्रा जाँच मधुमेहको पहिचान गर्ने न्युन लागतको गतिलो माध्यम हो । सन् २०१६ मा गरिएको मधुमेहको आँकलन हेर्ने हो भने, त्यसताका ९.१ प्रतिशत नेपालीहरु मधुमेहका शिकार भएको देखिन्छन् ।

यस्तै, नियमित रुपमा गरिने अन्य जाँच भनेको सेरम क्रिएटनीनको स्तर तथा पिसाब जाँच पनि हुन् । यी दुवै परीक्षण मिर्गाैलाको कार्य क्षमता मापन गर्नका लागि गरिन्छ ।

मिर्गाैला फेल पनि अन्तिम चरणमा लक्षण देखापर्ने प्रमुख रोगहरुमध्ये एक हो । गुप्त तथापि गम्भीर मानिने यस समस्या पनि होल बडि चेकजाँचको माध्यमबाट नै पत्ता लगाउन सकिन्छ ।


३. वैदेशिक यात्रा तयारीका लागि

वैदेशिक अध्ययन, रोजगार तथा बसाईसराईका लागि विदेश पलायन हुने नेपालीको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ । तीमध्ये अधिकांश राष्ट्रले यात्राअघि सामान्य मेडिकल परीक्षणको माग राख्छ ।

तसर्थ यस्तो अवस्थामा सम्बन्धित संस्था वा दूतावासले सुझाउ गरिने सामान्य शरीर जाँचभन्दा सम्पूर्ण स्वास्थ्य परीक्षण गराउनु नै बुद्विमानी रहन्छ ।
क्षयरोगजस्ता रोगहरु वैदेशिक यात्राका लागि आवेदन दिनुअगावै पहिचान गरी निदानसमेत गर्न सकिन्छ ।

यस्तै, उच्च शुल्क लाग्ने तथा मेडिकल इन्सुरेन्समा समेत नसमेटिएको दन्तरोग सम्बन्धि समस्याहरु पनि समयमै पहिचान गरी यात्राअगावै पहिचान एवम् उपचार गर्न सकिन्छ ।


४. संक्रामक रोगको पहिचान


सम्पुर्ण स्वास्थ्य परीक्षणका क्रममा हेपाटाइटिस बी, हेपाटाइटिस सी तथा एचआइभी(ह्युमन इम्युनोडिफिसियन्सी भाइरस) संक्रमणको समेत जाँच गरिन्छ ।

अन्तिम चरण पत्ता लाग्ने यी संक्रमण गुप्त एवम् सम्भावित घातक हुन्छन् । यसैगरि, छातीको एक्से–रे पनि यसैक्रममा गरिने जाँचमध्ये एक हो । छातीको एक्स–रेबाट क्षयरोगजस्ता संक्रमणको पहिचान गरिन्छ ।


यस्ता संक्रमणमा समयमै पहिचान गर्न सकेमा यीबाट उत्पन्न हुने सम्भावित अपङ्गताका समस्यालाई बेलैमा तत्काल उपचार एवम् रोकथाम गर्न सकिन्छ ।


५. गर्भाधारण तयारीका निमित्त

गर्भाधारणका लागि योजना गरिरहेका दम्पतीका निमित्त सम्पुर्ण स्वास्थ्य परीक्षण अत्यन्त लाभदायिक विकल्प मानिन्छ ।


हाइपोरोइडिजम्(थाइराइड हार्माेनको मात्रा घट्ने समस्या) जस्ता सब–क्लिनिकल(लक्षणबिनाको रोग) रोगले गर्भावस्थाको दौरानमा गर्भमा हुर्किरहेको भ्रुणलाई आघात पु¥याउन सक्ने सम्भावना रहन्छ ।

तसर्थ गर्भधारण गर्नुपुर्व नै हाइपोरोइडिजमको निदान गर्नुपर्छ । यस्तै, आमामा देखा पर्ने हेपाटाइटिस बी शिशुमा पनि सर्दछ ।


यो समस्या आमाबाट शिशुलाई नसरोस् भन्नका लागि विशेष पुर्व सावधानी एवम् औषधिको आवश्यकता पर्छ ।


६. नियमित स्क्रिनिंग(जाँच) गराउन

स्वस्थ व्यक्तिहरुले पनि आफुमा भएका रोगहरु पत्ता लगाई प्रारम्भिक चरणमा नै त्यसको निदान गर्नका लागि केहि परीक्षणहरु गर्नुपर्छ । जस्तो माथि अघि नै चर्चा गरिएको कोलोनोस्कोपी पनि स्क्रिनिंगको एक गतिलो उदाहरणमध्ये एक हो ।

महिलाको सन्दर्भममा पाठेघर क्यान्सरको पहिचान गर्न प्याप स्मियर तथा स्तन क्यान्सरका लागि भने म्यामोग्राम गर्न सल्लाह दिइन्छ ।


७. आफ्नो वर्तमान स्वास्थ्य स्थितीबारे थाहा पाउन


स्वास्थ्यलाई अनुकुल राख्नका लागि व्यक्तिले आफ्ना बारे आवश्यक केहि विशेष पक्षबारे ज्ञान हासिल गर्नुपर्छ । यसका लागि विशेषगरी व्यक्ति शरीरको तौल, बडि मास इन्डेक्स(शरीरको तौल र उचाईका आधारमा मोटोपनको जाँच गरिने प्रकृया), रक्तचाप, खाना खाएपछिको रक्त ग्लूकोज(सुगर) रक्त कालेस्टोरको स्तरलगातयका पक्षबारे जानकारक रहनुपर्छ ।

स्वस्थ जिवन निर्वाहका लागि यी सबै पक्ष सामान्य स्तरमा रहेको हुनुपर्छ । यतिमात्र नभई अन्य पक्षहरु जस्तोः मानसिक रोग तथा स्वास्थ्य अवस्था, परिवार नियोजन, खोप, आँखा जाँच, दाँत जाँचजस्ता आदि पक्षहरु पनि सम्पुर्ण स्वास्थ्य जाँचअन्र्तगत पर्दछन् ।

यस्तै, चिकित्सक संगको परामर्श पनि यसै प्याकेजअन्र्तगत नै समावेश भएको हुन्छ । चिकित्सक संगको परामर्शको क्रममा स्वास्थ्य समस्या एवम् लक्षणबारे विस्तृत जानकारी एवम् सोधपुछ पनि गर्न सकिन्छ ।

यसैगरि, स्वस्थ जीवनशैली एवम् स्वास्थ्य सम्बन्धि आवश्यक छलफल एवम् प्रश्न गर्ने सकिने माहोल हुने भएकाले यसबाट व्यक्तिले आफूमा भएको स्वास्थ्यसम्बन्धिको जिज्ञासा समेत मेटाउन सक्छन् ।


काठमाडौँमा सम्पूर्ण शरीर चेकजाँच कहाँ गर्न सकिन्छ?

क्लिनिक वानले नेपाली तथा नेपाल यात्रा गर्न आउने यात्रुहरुका निमित्त सम्पूर्ण शरीर चेकजाँचका विभिन्न प्याकेजका सेवाहरु प्रदान गर्दै आएको छ ।

क्लिनिक वान विशेषगरी स्वास्थ्य समस्या निवारणमुखी संस्था हो । हामी काठमाडौँमा अन्र्तराष्ट्रिय स्तरको सेवा उचित रुपमा प्रदान गर्ने प्रदायकमध्ये एक हौँ ।

हामी सम्पूर्ण शरीर चेकजाँच पनि बिरामीको आवश्यकता अनुकुल नै गराउँछौ जुन ९० मिनेटमा नै सम्पन्न गर्न सकिन्छ ।

क्लिनिक वान काठमाडौँ ।


Related Articles:

‘फुल बडि चेकअप’ मा ध्यान दिनुपर्ने पक्षहरु

वर्तमान समयको व्यस्त एवम् भागदौड जीवनशैलीका कारण अधिकांश व्यक्तिले आफ्नो स्वास्थ्यमा खासै ध्यान दिएको देखिदैन । जसले कालान्तारमा विभिन्न स्वास्थ्य […]

read more...


Post-Covid Health Checkup Package

Call us for Post Covid Full Body Checkup appointment and inquiries at 01-5400400 | 9863393960 or email us at [email protected] or,Make […]

read more...


Female Health Package

Call us at 01-6617401/ 9851310113 to book a Female Full Body Checkup appointment at Clinic One Bhaktapur.Or,Request an appointment below! There […]

read more...


Promotional Comprehensive Package – Full Body Checkup

Book your appointment for the Promotional Comprehensive Checkup Package at Clinic One:Call 015400400 | 9863393960 or, Request an Appointment below. […]

read more...


Full Body Checkup के हो र किन आवश्यक छ ?

Full Body Checkup अर्थात्  नेपालीमा “पूर्ण शरीरको जाच” को मतलब  शरीरको मुख्य अंगहरु स्वास्थ्य छ कि छैन भनेर गरिने जांच […]

read more...


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Select Language