डेंगुका लक्षण र बच्ने तरिकाहरु

Posted on : September 11, 2019 by Clinic One on Diseases in Nepal

डेंगु रोगको कुनै खास उपचार र खोप हुदैन | त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो | ”

अहिले नेपालको धेरै जसो ठाउहरुमा डेंगुको महामारी फैलिएको अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने हुन्छ | डेंगुका लक्षण र बच्ने तरिकाहरुका बारेमा जानौं |

डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न ) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ :


पानी जम्न नदिने

लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने , त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ |


पुरै शरीर ढाक्ने कपडा लगाउने

लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ |


लामखुट्टे निवारक क्रिम या साधन को प्रयोग

पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ |


ढोका झ्याल बन्द राख्ने

झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली /पर्दा या झूलको प्रयोग गर्ने गर्नु पर्छ |


अहिले मनसुन भएसंगै नेपालको धेरै ठाउँमा तीव्र गतीमा डेंगु फैलिरहेको छ, यस रोगबाट बच्ने एक उपाय भनेकै लामखुट्टेको टोकाइबाट…

Posted by Clinic One on Wednesday, July 26, 2023


डेंगुका लक्षणहरु:

  • ज्वरो आउने
  • टाउको दुख्ने
  • आखाको भित्री (पछाडी ) भाग दुख्ने
  • बान्ता आउने, रिंगटा लाग्ने
  • जिउ दुख्ने
  • गलेको महसुस हुने
  • ४-७ दिनमा शरीरमा दादुरा जस्तै देखिने विवीरा आउने

यदि यस्ता कुनै लक्षणहरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी / अस्पतालमा परामर्श लिनुहोला |

डेंगु विरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुनाले छिटो भन्दा छिटो परीक्षण गराउनु पर्छ |

थप जानकारीका लागि : क्लिनिक वान काठमाडौँ नेपाल | 9863393960 | 01-5400400
https://www.facebook.com/clinicone1/


Related Articles:

Managing High Blood Pressure: Tips and Treatment Options 

Hypertension is another name for high blood pressure. High blood pressure is a condition where the blood’s constant pressure against […]

read more...


Dangers of Food Poisoning in Summer: Tips for Safe Eating 

Summer is a season for outdoor activities, social gatherings, and seasonal eating because of the higher temperatures and longer days. […]

read more...


ग्यास्ट्राईटिस: कारण, जोखिम तथा रोकथामका उपाय

पेटका लाईनिङ (अस्तर)हरुमा जलन, सुजन एवम् क्षयका कारण उत्पन्न हुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्य अवस्था अनुसार, व्यक्तिमा यसको […]

read more...


Dengue Vs. Flu Fever. What is the difference?

There is co-circulation of dengue virus and seasonal influenza in tropical regions of Earth and Nepal also lies in this […]

read more...


डेङ्गुको जोखिममा को पर्छन् र यसबाट कसरी बच्ने ?

डेङ्गु ज्वरो लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । डेङ्गुको सङ्क्रमण हरेक वर्ष […]

read more...


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Select Language