सुत्दा खेरी घुडा दुख्ने समस्याबाट कसरी छुटकारा पाउने?

Posted on : October 20, 2019 by Clinic One on Blog

उमेर ढल्किनुको साथै हाड जोर्नी दुख्ने र सुन्निने समस्याहरु पनि बढ्ने अहिले सामान्य भइसकेको छ | घुडा दुख्ने समस्या को कारणले मानिसलाई हिड्न, दौडिन र अरु सामान्य क्रियाकलापहरु गर्न पनि गाह्रो हुन्छ | त्यसै गरि राति निन्द्रामा पनि कठिनाइ पर्दछ |

घुडा दुख्नुको कारणहरु धेरै छन् | जस्तै घुडामा चोट लाग्नु, आर्थ्राइटिस(Arthritis) हुनु , भिटामिन डी को कमि हुनु इत्यादी | आर्थ्राइटिस(Arthritis) हुँदा शरीरको जोर्नीहरू दुख्ने, सुन्निने र कडा हुने गर्दछ | यी लक्षणहरु धेरै जसो घुडामा देखिन्छ |


सुत्दाखेरी घुडा दुख्ने समस्याका लागी निम्न कुराहरु अपनाउनु सकिन्छ |

१) सुत्नु अघि मन तातो पानीले नुहाउने

तातो पानीले नुहाउदा जिउलाई आराम महसुस हुनुको साथै जोर्नीको दुखाइबाट पनि राहत मिल्छ, जसले गर्दा निदाउन सजिलो हुन्छ | यसले रगत संचालन बदाउनुको साथै सुजन कम गर्छ |


२) आरामदायी स्थितिमा सुत्ने

सुत्दाखेरी घुडामा extra support लिएर सुत्नु निकै महत्वपुर्ण हुन्छ | यसको लागि हामीले सिरानीको प्रयोग गर्न सकिन्छ |
ढाडमा उत्तानो परेर सुत्ने बानी भएकाहरुले सिरानी घुडामुनी राख्न सकिन्छ भने कोल्टे परेर सुत्ने बानीका लागी चाहि दुबै घुडाको बिचमा सिरानी राखी समर्थन(support) लिन सकिन्छ |


३) तातो अथवा चिसो प्याक प्रयोग गर्ने

घुडा दुख्ने समस्याबाट आरामको लागी बरफको प्याक, हट ब्यागहरुको प्रयोग गर्न सकिन्छ |
सुत्नु भन्दा अगाडी करिब २० मिनटको लागी बरफ प्याक या हट ब्याग घुडामा प्रयोग गर्दा राम्रो हुन्छ |

Ice pack प्रयोग गर्दा, त्यसलाई कपडामा बेरेर मात्र प्रयोग गर्नु पर्छ | प्रत्यक्ष (direct contact) आफ्नो जिऊमा प्रयोग गर्दा छालालाई हानि हुन सक्छ |


४) शरीरको तौल घटाउने / स्वस्थ तौल कायम राख्ने

कहिलेकाही अतिरिक्त वजनको कारणले पनि मानिसको घुडा या अन्य जोर्नीहरुमा थप चाप पर्न जान्छ |
त्यसैले स्वास्थ्य तौल कायम राखेमा घुडामा पर्ने चापलाइ कम गर्न सकिन्छ |
त्यसकालागि सन्तुलित खाना खाने, थप व्यायाम गर्ने, हल्का गतिबिधि जस्तै : पौडी खेल्ने , साइकल चलाउने , बिहान बेलुकी हिडडुल गर्ने गर्न सकिन्छ |


५)आफ्नो दैनिक दिनचर्या र बानीहरु परिबर्तन गर्ने

हामीले दिनहु गर्ने केहि कार्यहरु/ क्रियाकलापहरुले पनि घुडा दुख्ने समस्यामा जोड दिन्छ | त्यसैले निम्न कुराकरुमा ध्यान पुराउनु पर्छ |

–  धेरै भारी सामानहरु नउठाउने

–  शरीरलाई नियमित रुपमा तन्काउने / व्यायाम गर्ने

–  उपयुक्त जुत्ताहरु लगाउने (हिल धेरै भएको, अफ्ठ्यारो जुत्ताहरु नलगाउने )

–  व्यायाम गर्दा सहि आकृती(posture) प्रयोग गर्ने

–  घुडा धेरै भन्दा धेरै प्रयोग हुने काम नगर्ने : जस्तै : भर्यांग चड्ने / झर्ने


घुडा दुख्ने समस्याका लागि डाक्टरसंग परामर्श कहिले लिने?

यदी घुडा दुखाइ झन् बढी हुदै गएमा र धेरै समय हुदा पनि सुधार नआएमा डाक्टरसंग परामर्श लिनैपर्छ |

अर्थात्, हाडजोर्नी समस्याका लागी अर्थोपेडिक डाक्टरसंग सुझाव लिई नियमित औषधी, थेरापी गर्दा दुखाइ कम गर्न सकिन्छ |

क्लिनिक वानमा अर्थोपेडिक डाक्टरसँग परामर्शका लागि हामीलाई सम्पर्क गर्न्नुहोस्!
फोन न: 01-5400400, 9863393960 (जावलाखेल),
01-6617401, 9851310113 (सूर्यविनायक)


                                

Related Articles:

Shoulder Pain and Problems

Shoulder with its wide and varied range of motion is prone to injuries of many kinds resulting in what is […]

read more...


Foot pain and problems in Nepal

Series of 26 bones interconnected by joints, muscles, tendons, and ligaments make human foot the most complex structure of our […]

read more...


Soft Tissue Injuries

Everyday activities, sports, or exercise can sometimes lead to many types of injuries to the soft tissues of our body […]

read more...


Hand Pain and Problems

As vital it is to our daily function; hands are equally sophisticated in its anatomy. A human hand can largely […]

read more...


Knee Pain: Problems and Treatment

Generally, knee pain and problems in normal peoples are associated with wear and tear from day to day activities that […]

read more...


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Select Language