डेंगु पछि नेपालमा  स्क्रब टाइफसको महामारी : कसरी बच्ने ?

Posted on : September 25, 2019 by Clinic One on Blog


स्क्रब टाइफस के हो र कसरी सर्छ ?

अहिले डेंगु संग संगै स्क्रब टाइफस भन्ने रोगको पनि नेपालका कतिपय जिल्लाहरुमा महामारी फैलिएको छ |

स्क्रब टाइफसका लक्षण डेंगुको जस्तै भए पनि यो रोग डेंगु भन्दा ३० गुणा बादी घातक रोग हो |

यो रोग “ओरेनसिया सुसुगामुसी ” भन्ने ब्याक्टेरियाबाट लाग्ने रोगहो जसको संक्रमण मानिसमा एक प्रकारको ‘माइट’ को टोकाई बाट हुन्छ |

हालसम्म नेपालको ६१ जिल्लामा यो रोग देखापरेको छ  भने ६१५ जना संक्रमण भएको छ |

समयमै यसको उपचार नगरेमा मानिसको ज्यान पनि जान सक्छ |


स्क्रब टाइफस  बाट कसरी बच्ने ?

  • डेंगुको जस्तै स्क्रब टाइफस बिरुद्ध कुनै खोप छैन | त्यसैले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस संक्रमित माइटस को टोकाई बाट बच्नु हो |
  • यी माइट्स हरु स साना बोट बिरुवाहरुको  झाडी तिर र यस्ता झाडी तिर बस्ने मुसाका कानमा  पाइने हुना ले सकेसम्म यस्ता झाडी भएका ठाउबाट टाडा रहनुपर्छ |
  • यदी घरबाट बाहिर यस्ता ठाउ हरु मा काम गर्नुपर्छ भने, माइट्स निवारक स्प्रे हरु प्रयोग गर्नुपर्छ |


स्क्रब टाइफसका लक्षण के के हुन् ?

  • धेरै ज्वरो आउने (१०४ भन्दा माथि )
  • टाउको दुख्ने, जिउ गल्ने , मांसपेशी दुख्ने
  • शरीरमा विविराहरु देखिने
  • टोकेको ठाउमा कालो दाग देखिने


यदी यस्ता कुनै लक्षन हरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी / अस्पतालमा परामर्श लिनुहोला |

थप जानकारीका लागि : क्लिनिक वान काठमाडौँ नेपाल | ९८६३३९३९६०, ०१५४००४००


https://www.facebook.com/clinicone1/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Select Language